शिक्षा र प्रविधी

 शिक्षा मानव जीवनको मेरुदण्ड हो। प्रविधिको विकाससँगै शिक्षाको स्वरूप पनि दिनप्रतिदिन परिवर्तन हुँदै गएको छ। नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिको प्रयोगले शिक्षामा उल्लेखनीय परिवर्तन ल्याएको छ।

पहिले शिक्षा प्राप्त गर्ने साधन सीमित थिए—पाठ्यपुस्तक, कक्षाकोठा, र शिक्षक मात्रै। तर आजको डिजिटल युगमा प्रविधिले शिक्षालाई सबैका लागि सुलभ, सरल र प्रभावकारी बनाइरहेको छ। इन्टरनेट, स्मार्टफोन, कम्प्युटर, डिजिटल बोर्ड, अनलाइन कक्षा, र ई–लर्निङ प्लेटफर्महरू ले पढाइको तरिका नै बदलिदिएको छ।

नेपालमा कोभिड–१९ महामारीपछि अनलाइन शिक्षाको प्रयोग तीव्र गतिमा बढ्यो। Zoom, Google Meet, Microsoft Teams जस्ता माध्यमहरूबाट विद्यालय र विश्वविद्यालयले कक्षा संचालन गर्न थाले। विद्यार्थीहरूले घरमै बसेर अनलाइन नोट्स, भिडियो कक्षा, र इन्टरएक्टिभ टुलहरू मार्फत अध्ययन गर्न थालेका छन्।

शैक्षिक सामग्री डिजिटल रुपमा उपलब्ध हुनुले गाउँघरका विद्यार्थीहरूलाई पनि समान अवसर प्राप्त भएको छ। अहिले यूट्युब, मोबाइल एप्स, वेबसाइटहरूबाट विषय अनुसारको सामग्री सजिलै पढ्न सकिन्छ। सरकारी तहमा पनि “E-Library”, “Sikai Portal”, र “Midas eClass” जस्ता प्लेटफर्महरू निर्माण गरिएका छन्।

अर्कोतर्फ, शिक्षकहरू पनि प्रविधिसँग अपडेट हुन थालेका छन्। प्रोजेक्टर, डिजिटल बोर्ड, र मल्टिमिडिया सामग्री प्रयोग गरेर पढाउने अभ्यास बढेको छ। यसले शिक्षणलाई आकर्षक र प्रभावकारी बनाएको छ।

यद्यपि नेपालजस्तो देशमा केही चुनौतीहरू पनि छन्—ग्रामीणक्षेत्रमा इंटरनेट पहुँचको अभाव, उपकरणको कमी, प्रविधिको ज्ञानको अभाव आदि। तर यी समस्याहरू क्रमशः समाधान हुँदै छन्। सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगले प्रविधिलाई शिक्षा प्रणालीसँग जोड्ने प्रयास भइरहेको छ। प्रविधिले नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्‍याएको छ। यसले शिक्षालाई समावेशी, सहज र गुणस्तरीय बनाएको छ। प्रविधिको सही उपयोगले नेपालको शैक्षिक भविष्य उज्वल बनाउन सकिन्छ।

Comments

Popular posts from this blog

२०२५ मा पाँच सर्वश्रेष्ठ स्मार्ट फोनहरु

नेपालमा 5G प्रविधी 📶

प्रविधिले शिक्षा क्षेत्रमा पारेको प्रभावहरु