इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता
नेपाल अहिले डिजिटल युगमा तीव्र गतिमा अघि बढिरहेको छ। स्मार्टफोन, इन्टरनेट, डिजिटल वालेट, र अनलाइन शिक्षाको प्रयोगले जीवन सहज बनाएको छ। तर, प्रविधिको प्रयोगसँगै साइबर जोखिम पनि बढिरहेका छन्। सुरक्षित इन्टरनेट प्रयोग र डिजिटल साक्षरताको आवश्यकता अहिले अत्यन्त जरुरी छ।
इन्टरनेट सुरक्षा के हो?
इन्टरनेट सुरक्षा भनेको अनलाइन संसारमा व्यक्तिगत सूचना, बैंक विवरण, पासवर्ड र अन्य डिजिटल सम्पत्तिहरू सुरक्षित राख्ने उपाय हो। नेपालमा धेरै प्रयोगकर्ताहरू अनलाइनमा सजग छैनन्, जसका कारण ठगी, ह्याकिङ, वा गलत प्रयोगमा परेका छन्।
नेपालमा इन्टरनेटसम्बन्धी समस्या
- फेक लिंक वा वेबसाइटबाट ठगी
- सामाजिक सञ्जाल ह्याक
- साइबर बुलिङ (विशेषगरी किशोरकिशोरीहरूमा)
- व्यक्तिगत तस्बिर वा डाटा दुरुपयोग
नेपाल सरकारले साइबर अपराध सम्बन्धी ऐन ल्याए पनि धेरै प्रयोगकर्तालाई कानुनी अधिकार र सुरक्षा उपायहरूको बारेमा जानकारी छैन।
डिजिटल साक्षरताको महत्व
डिजिटल साक्षरता भनेको कम्प्युटर वा मोबाइल चलाउने मात्र होइन, अनलाइन सुरक्षाका उपायहरू बुझ्ने र सुरक्षित प्रयोग गर्ने ज्ञान हो। यसमा निम्न विषयहरू पर्छन्:
- सुरक्षित पासवर्ड बनाउने तरिका
- फेक समाचार र साइट चिन्ने क्षमता
- अनलाइन ठगीबाट जोगिने उपाय
- सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोग
शिक्षालयहरूमा ‘ICT’ पढाइ हुने गरेको भए पनि गाउँ तथा दुर्गम क्षेत्रमा अझै पहुँच पुग्न बाँकी छ। केही संघसंस्थाले डिजिटल साक्षरताको तालिम पनि दिन थालेका छन्, जुन हाम्रो जस्तो विकासोन्मुख देशको लागि राम्रो संकेत हो।
सुरक्षित इन्टरनेट प्रयोगका लागि सुझावहरू
- मजबुत पासवर्ड राख्ने: अल्फाबेट, नम्बर र चिन्ह मिसाएर बनाउनुहोस्।
- दुई-चरण प्रमाणीकरण (2FA): Facebook, Gmail आदिमा यो प्रयोग गर्नुहोस्।
- अन्जान लिंक क्लिक नगर्ने: ठगहरूले यस्ता लिंकबाट डाटा चोर्छन्।
- सार्वजनिक Wi-Fi मा सतर्कता: अनलाइन बैंकिङ जस्ता कार्य नगरौं।
- बालबालिकालाई सिकाउने: उनीहरूलाई सुरक्षित इन्टरनेट व्यवहार सिकाउनु आवश्यक छ।
डिजिटल नेपाल निर्माण प्रविधिमा मात्र होइन, प्रयोगकर्ताको चेतनामा पनि निर्भर गर्छ। हरेक व्यक्तिले इन्टरनेट प्रयोग गर्दा सचेत हुनुपर्छ। विद्यालय, सरकार र नागरिक मिलेर इन्टरनेट सुरक्षा र डिजिटल साक्षरताको अभियानलाई बलियो बनाउन आवश्यक छ। त्यसैले ईन्टरनेट सहि र सुरक्षित तरिकाले प्रयोग गरौं, साइबर अपराध नगरौ, गर्नबाट बचौ र बचाऔ, डिजिटल नेपाल बनाऔं!
कृपया पढेर हजुरलाइ लागेको विचार कमेन्ट गर्नुहोला।
Comments
Post a Comment